सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
९५ पटक हेरिएको
Shares
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,

सारांश

  • सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गरेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गरिएको हो ।
  • समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

काठमाडौं, माघ ८ । सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गरिएको हो ।

समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता छ । जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद गर्न लागिएको हो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ ।

संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्नेगरी घोषणा गरी तयारीको सुरुआत गर्न लागेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । संयुक्त राष्ट्रसङ्घको प्रतिनिधित्व गर्दै विश्व मौसम सङ्गठन र युनेस्कोले आजै संयुक्त रूपमा अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सुरुआत गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै