बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार

सारांश

  • आज नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २ हजार छ सय ५३ दशमलव २३ को विन्दुमा कायम भएको हो ।
  • तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
  • आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् ।

 

२४ पुस, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २ हजार छ सय ५३ दशमलव २३ को विन्दुमा कायम भएको हो ।

तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव २६ प्रतिशतले घटेका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?