मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु

सारांश

  • अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए।
  • तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाएका थिए।
  • बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यको मनोनयन गरेको छ।

२३ पुस,  धनुषा-मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ। अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए। तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाएका थिए। बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यको मनोनयन गरेको छ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि हरिनरायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेशप्रसाद कुर्मिलाई मनोनयन गरेको हो। मधेश प्रदेशसभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधन सहितका ‘बिजनेस’ प्रदेशसभामा छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले ‘मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ सभामा पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
घुस असुलीको आरोपपछि सप्तरीका एसपीको सरुवा
घुस असुलीको आरोपपछि सप्तरीका एसपीको सरुवा
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ