प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीले दाबी छ ।
  • प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको हो ।
  • प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले  बताए ।

४ पुस, वीरगन्ज । बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीले दाबी छ । प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको हो ।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले  बताए । उनका अनुसार प्रहरीको विशेष मेहनतका कारण एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको हो ।  व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनी बताउँछन् । उनले भने, ‘अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको छ, त्यो सकिएपछि हत्याका वास्तविक कारण खुल्नेछ ।

सकभर भोलि सबै सबुत प्रमाण तथा कनेक्सनसहितको विवरण सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’ राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ ।  प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझै गोप्य राखेको छ ।

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।  बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए ।  इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ