२६ जेष्ठ २०८२, आईतवार

एनपीएल च्याम्पियन जनकपुरको ४ दिने ‘ट्रफी परेड’

 

११ पुस,  जनकपुर- नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली जनकपुर बोल्ट्सले जनकपुरमा ‘ट्रफी परेड’ गर्ने भएको छ । बिहीबार आफ्नो सामजिक सञ्जालमार्फत जनकपुरले ट्रफी परेडबारे जानकारी दिएको हो । उक्त परेड ४ दिनसम्म चल्नेछ ।

शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । दोस्रो दिन शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिनेछ । चौथो दिन सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले ट्रफी उचालेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?