निलगाईको समस्याले किसान मर्कामा
रोहित कुमार साह
सर्लाही जिल्लाको अनेकौं सुन्दरनगरी मध्ये लालबन्दी पनि एक हो । यहाँका बासिन्दाहरूको जीविकोपार्जन को विभिन्न श्रोतहरू छन् र ती मध्ये कृषिपनी अभिन्न अङ्ग नै हो। लगभग ६०% भन्दा बढी घरधुरी कृषि पेसामा आवद्ध छन। यहाँ कृषिलाई निखार गर्ने भनेकै यहाँको खेतहरुको माटो मलिलो हुनु हो र जागीरको कुनै अरु अवसर पनि नपाउनु हो। पहिला यहाँको माटोमा धान, आलु, गहुँ, मकै, चना, बदाम, उखु, तरकारीहरु उत्पादन गरिन्थ्यो र अहिले पनि नगरिने त हैन तर खेतिको तरिकामा बदलाव आएको छ। बदलावको कारण भनेको लगाएको बालीहरुमा रोग र किराको आक्रमण, सिचाइको लागि पानीको तह घट्नु र अत्याअधिक मात्रामा झारपात आउनु आदि हुन। पहिला ब्यब्सायिक रुपमा खेती हुने बालीहरु अहिले निर्वामुखी खेती हुन थालिसकेको छ। यी सब समस्या हुँदा हुँदै अहिले आएर बिगत ५ वर्ष देखि निलगाईले तरकारी खेती रित्याउन थालेको छ।
निलगाई के हो त ?
निलगाई एक स्तनधारी प्राणी हो जसलाई अङ्ग्रेजीमा Blue Bull अथवा Blue Cow भनिन्छ। यो प्रजातीको जनावर बसोबास गर्ने ठाउँ नदि खोला नजिकको जङ्गल हो। अचम्मको कुरा के हो भने निलगाईको नाममा गाई शब्द भएपनी यो गाई प्रजातीमा पर्दैन। निलगाई हरिन प्रजातिमा पर्ने जंगली जनावर हो। निलगाईको भालेको टाउकोमा एक जोडि सिङ हुन्छ तर पोथी प्रजातीमा भने सिङ हुँदैन। त्यसैले सिङ भएको नभएको देखेर भाले र पोथी छुट्याउन सकिन्छ। भालेको शरीरको रङ निलो धुसर हुन्छ भने पोथिको रङ राते खैरो हुन्छ। तुलनात्मक रुपमा भालेको शरीर पोथीभन्दा ठुलो हुन्छ जसमा अगाडिको खुट्टाहरु पछाडिको खुट्टाहरुभन्दा लामा हुन्छन।
निलगाईले सताएको ब्यथा
- एकजना नेपाली ५ बर्ष बिदेश बसेर थोरै बहुत पैसा जम्मा गरेको हुन्छ। सोही पैसाले नेपालमै केही कुराको ब्यापार गर्छु सोचेको हुन्छ। उसलाई नवलपुरमा भएको मलिलो माटोले लोभ्याउछ र उ तरकारी खेती (टमाटर) गर्ने योजना बनाउछ। तरकारी खेती गर्न उसले खेत ठेक्कामा लिन्छ र बीउ किन्ने देखि गोड्मेल सम्म पैसा र आफ्नो मेहनत खर्छ गर्छ। जब बिरुवा घुडा जत्रो हुन्छ तब निलगाईले एक रातमै पूरा खेतको ७०% र दोस्रो रातमा बाकी रहेको भाग पनि बर्बाद पार्दिन्छ। जति कोसिस गरे पनि निलगाईबाट बचाउन सक्दैन र अन्त्यमा तरकारी खेती त्याग्छन।
- एकजना किसानले आफ्नो खेतमा परवल खेती गर्ने योजना बनाउछ र खेती सुरु गर्छ। निलगाईले बाली लगाएको सुरुवाती अवस्थामा खासै आक्रमण नगर्ने र परवलको झारी हल्का ठूलो भएसी नोक्सानी पुर्याउने कुरा थाहा भएको हुन्छ। यो जानकारी भएकै कारण उक्त किसानले परवलको बाली हल्का ठुलो भएसी, निलगाईबाट हुने नोक्सानी घटाउन राती राती खेतको रेखदेखमा आफ्नो समय बिताउन थाल्छ। सकेजती राती राती रेखदेख गर्छ तर पनि निलगाईको आक्रमणबाट आफुले आफ्ना बच्चाजस्तै हुर्काएका परवलको बुटाहरुलाई हुर्काउन सकेन। र अन्त्यमा त्यो किसानले पनि तरकारी खेती छोडेर उखु खेतीतिर लम्किए जस्ले गर्दा वहाँको परिवारमा आम्दानी घट्यो।
- एकजना किसानले १५-२० बर्ष देखि खेतमा ममफलि बदाम उत्पादन गरेर मगन्य आम्दनी कमाईरहेको थियो। त्यो किसानले भने अनुसार मम्फली बदाम बेचेरै कति धेरै जग्गा किने रे। तर बिगत ४-५ बर्ष यता देखि निलगाईको आक्रमणबाट लगानी पनि उठाउन धौ धौ परे पछि उक्त बाली उत्पादन गर्न छोडेको हो।
यहाँ उदाहरणका लागि तिनओटा ब्यथाहरुमात्र समाबेस गरिएको छ। यस्ता ब्यथाहरु त कति छन कति यश ठाउँमा यस मधेस प्रदेशमा।। जङ्गल र नदिको किनारमा भएका प्राय खेतहरुमा यस समस्याले किसानहरुलाई पिरोलिरहेको छ। किसानहरुले पनि आफ्नो बलबुद्धि प्रयोग गरेर सकेसम्म यस समस्यासङ जुढ्छ र नसकेर अन्त्यमा कि बिदेश लम्किने योजना बनाउछन कि त आम्दनिको अर्को बिकल्प खोज्छन् ।
निलगाईबाट बच्न स्थानीय किसानहरुले अपनाएको उपायहरू के हुन् त ?
- बाँस, पराल, घैला र मान्छेको पुराना कपडा प्रयोग गरेर बनाइएको मान्छेको पुतलालाई खेतको बिच भागमा वा खेतको आकार अनुसार पुतलाको संख्या पनि फरक पारेर निलगाई भगाउन सकिन्छ भन्ने भनाई छ।
- उज्यालोमा निलगाईको आक्रमण कम भएको हुनाले खेतको डिल डिलमा वा खेतको बिचमा बति बालेर निलगाईको आक्रमण घटाउन सकिन्छ भन्ने भनाई पनि छ। लगातार बलिरहने बत्ति भन्दा झिलमिल गर्दै बल्ने बत्ती बढी प्रभावकारी रहेको बैज्ञानिकहरुको भनाई छ।
- टिनको container मा लामो डोरि बाधेर आफू सुतेको ठाउँमा ल्याउने र राती बेला बेलामा बजाईरहनाले निलगाईबाट हुने क्षती कम भएको भनाई छ। बेला बेला टिनको container बजेको सुनेर निलगाईले मान्छे आयो भनेर सम्झिन्छन र भाग्छन भन्ने स्थानियहरुको भनाई छ।
- खेतको वरिपरी बलियो तरिकाले तारले बारबन्देज लगाएपछि निलगाईबाट क्षती न्यून गर्न सकिन्छ तर बार बन्देजलाई निलगाईले भत्काएको पनि तथ्य स्थानियहरुले सुनाएको छ।
- निलगाईबाट आफ्नो बालिलाई बचाउन राती राती बेला बेलामा खुर्सानी पटाका पड्काएर निलगाईलाई भगाएको पनि अनुभव लिएका छन यताका किसानहरुले।
निलगाईबाट बचाउन विभिन्न उपायहरु अप्नाएपनी पुर्ण रुपले बचाउन सकिएको छैन। निलगाईले दिनदिनै किसानको क्षती बढाउदै गएको कारण धेरै किसानहरु तरकारी खेती छोडेर आम्दनिको अर्को बिकल्प खोज्न तिर लागेका छन। यहाँ उदाहरणका लागि तिनओटा ब्यथाहरुमात्र समाबेस गरिएको छ। यस्ता ब्यथाहरु त कति छन कति यश ठाउँमा यस मधेस प्रदेशमा। जङ्गल र नदिको किनारमा भएका प्राय खेतहरुमा यस समस्याले किसानहरुलाई पिरोलिरहेको छ। किसानहरुले पनि आफ्नो बलबुद्धि प्रयोग गरेर सकेसम्म यस समस्यासङ जुढ्छ र नसकेर अन्त्यमा कि बिदेश लम्किने योजना बनाउछन् कि त आम्दनिको अर्को बिकल्प खोज्छन् ।
निलगाईको आक्रमणबाट बच्न सरकारले गरेको पहल केहि त होला नि भनेर अध्यन गरेको सरकारले केही पनि नगरेको कुरा थाहा पाए। यदि सरकारले गरेको पहल तपाईलाई जानकारी छ भने comment गर्नु होला। जुन ठाउँमा निलगाईको आक्रमण हुन्छ त्यो ठाउँमा बिमा कम्पनीले निलगाईबाट हुने क्षतिको क्षतिपूर्ति नदिदो रहेछ भन्ने कुरा एउटा कृषि बिमा कम्पनीको कर्मचारीबाट थाहा पाए। सम्बन्धित निकायहरुमा कुरा राख्दा तारबार लगाएर खेतिपाती गर्नुस उत्तर आउँछ जुन समान्य किसानहरुले बेहोर्नै सक्दैन। कृषिमा सत्रु जीव ब्यबस्थापन गर्ने निकाय PQPMC ले पनि यसलाई गम्भीर रुपले नलिएको कुरा थाहा पाए। यदि सम्बन्धित निकायहरुको यसरिनै हेल्चेक्राइ चलिरहयो भने अबको ७-१० वर्षमा यो लाल्बन्दी, हरिवन, नवलपुर लगायत विभिन्न नदि र जङ्गल किनार रहेको तरकारी (खास गरेर टमाटर) खेति घटेर न्यून हुने पक्का छ। NARC का एकजना अनुसन्धानकर्ता सरले एउटा रसायन पता लगाएका छन् जसले बादर, बँदेल, निलगाई जस्ता जंगली जनावर भगाउन प्रयोग गर्न सकिन्छ तर केही कारणबस नेपाल सरकारले त्यस रसायनलाई बजारमा किनबेच गर्न स्वीकृत नै दिएको छैन। निलगाईको आक्रमणबाट हुने समस्याको उचित तथा वैज्ञानिक समाधान गर्न बिभिन्न अनसन्धानहरु आवश्यक रहेको छ। अनुसन्धान गर्न खेतहरु प्रसस्त रहेको तर अनुसन्धानकर्ताको कमि रहेको छ। अनुसन्धान गर्न ईछुक भएपनि अर्थिक समस्याले अर्को समस्या आइरहेको छ।
मेरो अनुरोध
१. यस निर्वाचन क्षेत्रबाट जितेर जानुभएको संसदले निलगाईको समस्या सामाधान गर्न पहल गर्नुहोस्।
२. अनुसन्धानकर्ताहरुले यश बिषयमा उचित अनुसन्धान गरेर समस्याको समाधान निकालियोस्।
३. बालि बिमा कम्पनिहरुले उचित जाँचबुझ गरेर क्षतिपूर्तिको व्यवस्था मिलाइयोस्।
४. अनुसन्धान गर्न इछुक अनुसन्धानकर्तालाई सम्बन्धित स्थानिय तहले अनुसन्धान गर्न सहजिकरण गरियोस्।
५. PQPMCले निलगाईको Survey and surveillance गरोस्।
६. किसानहरुले पनि अनुसन्धानकर्तालाई सहयोग गरोस्।
Post Comment