२६ भाद्र २०८२, बिहीबार

मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

 

८ मंसिर, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घर अगाडि आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

मुख्यमन्त्री कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको छ । मुख्यमन्त्री कार्की पनि आज विहान घरमा पुगेका थिए । मुख्यमन्त्री कार्कीको घरमा शंकास्पद वस्तु फेलापरेको जानकारी पाएसँगै प्रहरीको टोली पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment