विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
वासिङ्टन डिसी । डलास प्रहरीले विमानस्थलबाट उडेर जाँदै गरेको विमानमा गोली लागेको घटनाको अनुसन्धान गरिरहेको छ । शुक्रबार साँझ टेक्सासको डलास लभ फिल्ड विमानस्थलबाट उडेर जान लागेको साउथवेष्ट एयरलाइन्सको बोइ७३३–८०० विमानमा गोलीले छोएको थियो ।
साँझ १० बजेलगत्तै सो विमान डल्लासबाट इन्डियापोलिसका लागि उडेको थियो । उडानका लागि विमान तयार रहेकै अवस्थामा गोली विमानको दायाँ साइडमा लागेर फ्लाइट डेकको ठीकमुनि अड्किएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक लागेन । विमान सकुशल गेटतिर फर्कियो र यात्रीहरूलाई उतारियो । विमानलाई तत्कालको लागि उडानका लागि प्रयोग नगरिने भएको छ । यस घटनामा शनिबार बिहानसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment