इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
९९ पटक हेरिएको
Shares
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु

सारांश

  • उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।
  • गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।
  • गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

२६ कार्तिक, काठमाडौँ- गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ । गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला
उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा