सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ

सारांश

  • प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ ।
  • ललितपुर, काभ्रे, कैलाली लगायतका जिल्लाबाट लाखौ रकमसहित ३६ जना जुवाड पक्राउ परेका हुन् ।
  • ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

८ कार्तिक, काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ । ललितपुर, काभ्रे, कैलाली लगायतका जिल्लाबाट लाखौ रकमसहित ३६ जना जुवाड पक्राउ परेका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका–४ बस्ने ३८ वर्षीय रूपेश गुप्तासहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उता, काभ्रेको पनौती नगरपालिका–९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । उता, कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति शिविर जंगलको खुल्ला चौरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनार समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट

खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ७ सय ७२ रूपैयाँ र २ बुक तास सहित गएराति पक्राउ गरेको हो ।पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु