कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
५७ पटक हेरिएको
Shares
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो

सारांश

  • कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ ।
  • बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए ।
  • उपचारका लागि बुटवल लगिएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

८ कार्तिक, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए ।

उपचारका लागि बुटवल लगिएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । घाइतेमध्ये ३ जनाको चौराहा अस्पताल बुटवल र अटो चालकको स्थानीय बुद्धपोली क्लिनिकमा उपचार भइरहेको छ । एक जनाका अवस्था गम्भीर रहेको छ ।

लु १ ह ३०९२ नम्बरको अटोमा सवार ५ जना वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गरेका थिए । बा प्र–०१–०२९च९१५० को स्काेर्पियोले बैंक अगाडि ठक्कर दिएको थियो । बुद्धभूमि नगरपालिका-१० जनकपुरका सरस्वती पासीको घटनास्थलमा मृत्यु भएको थियो । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर छन् ।

बुधवार शिवराज नगरपालिकाको भाइरल डाँडा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको थियो । दाङ जिल्ला राप्ती गाउँ पालिका ४ मौरिघाटका लीलाराम कुँवरको ज्यान गएको थियो । अर्घाखाँचीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नं.को बस र रा ७ प ३४८ नं. को मोटरसाइकल बुधवार एक आपसमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप, मनोज महतो पक्राउ
अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप, मनोज महतो पक्राउ
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध