वीपी राजमार्ग राति १० घण्टा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
वीपी राजमार्ग राति १० घण्टा बन्द हुने

सारांश

  • काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
  • कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ।
  • चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।

 

३० असोज, असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ।

चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक विभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैंको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?