९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै

सारांश

  • राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् ।
  • अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् ।
  • संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् ।

२५ असोज, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् । अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् । गिरीले दिएको जानकरी अनुसार असोज २७ देखि कार्तिक १ गतेसम्म कार्यक्रम अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुनेछ । अध्यक्ष दाहाल सँगै प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका माननीय सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा समावेश छन् ।

‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मूल्यमान्यताप्रति दृढता व्यक्त गर्दै महासभामा सम्माननीय अध्यक्षज्यूले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयको जेनेरल डिवेटमा संघीय संसद्, नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ‚’ गिरीले भने ।  महासभामा सहभागी भई प्रतिनिधिमण्डल १९ अक्टोबर अर्थात् कार्तिक ३ गते शनिबार राती १ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
बालेनविरुद्ध अख्तियारमा उजुरी
बालेनविरुद्ध अख्तियारमा उजुरी
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान