गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
२५ असोज, गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको जीप बिहान गुल्मीको मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा चालकसहित १४ जना घाईते भएका र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । घाइते केहीको स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment