इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

सारांश

  • इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ ।
  • धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् ।
  • तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।

१६ असोज, काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।

इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ ।इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।

इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो । गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो ।   गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले जारी गरेको विज्ञप्ति अनुसार आफ्ना एक शीर्ष कमाण्डर मारिएको प्रतिरोध स्वरुप इजरायलमा आक्रमण गरिएको हो ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । इरानको आक्रमणको इजरायलका सहयोगी देशहरुले आलोचना गरेका छन् । फ्रान्स, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडाका लगायत देशहरुले इरानको आलोचना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
जर्मनीमा एउटै कारको ठक्करबाट २८ जना घाइते
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
प्रतिनिधिसभाको बैठक बस्दै,  आज अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, आज अर्थमन्त्रीले जवाफ दिने
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु