अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
५७ पटक हेरिएको
Shares
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?

सारांश

  • अमरेशकुमार सिंहले बिचारको अन्त्य भएपछि कांग्रेसका कार्यकर्ता ढुङ्गामुढामा उत्रिन थालेको आरोप लगाएका छन् ।
  • सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सर्लाहीको निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि ढुङ्गामुढा भएको भन्दै आपत्ति जनाएका हुन् ।
  • ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भए पनि सर्लाहीको धनकौलको कतिपय ठाउँमा अहिले पनि राजतन्त्र छ ।

 

२४ भदौ , प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बिचारको अन्त्य भएपछि कांग्रेसका कार्यकर्ता ढुङ्गामुढामा उत्रिन थालेको आरोप लगाएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सर्लाहीको निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि ढुङ्गामुढा भएको भन्दै आपत्ति जनाएका हुन् । ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भए पनि सर्लाहीको धनकौलको कतिपय ठाउँमा अहिले पनि राजतन्त्र छ । भदौ १८ गते म एक जना शुभचिन्तकको घरमा खाना खान जाँदा म माथि आक्रमण भयो,’ सांसद सिंहले भने, ‘ममाथि आक्रमण गर्ने कांग्रेस सभापतिको छोरा र भाइ थिए । उनीहरूले त्यहाँ अवैद्य क्रसर चलाएका छन्,’ सांसद सिंहले भने, ‘कांग्रेसलाई सोध्न चाहन्छु विचार अन्त्य भएको हो, कांग्रेसका लागि सान्दर्भिक छैन ? जहाँ विचार अन्त्य हुन्छ ढुङ्गा चालू हुन्छ ।’स्कूल नजिक अवैद्य क्रसर चलाएको र उनीहरुको विरोध गर्नेमाथि आक्रमण हुने गरेको सांसद सिंहले बताए । ‘म सोध्न चाहन्छु लोकतन्त्रमा एक ठाउँबाट अर्को ठाउँमा जान कांग्रेसले रोक्न खोजेको ? त्यो मान्छे कस्तो छ भने सर्वोच्चबाट भ्रष्टाचार मुद्दामा सजाय पाएको, हुनत कांग्रेसको लागि त्यो नवरत्न मध्ये एउटा हुन्छ । हिजो पनि कांग्रेसको प्रदेश सभाको सांसदले आत्मसमर्पण गरेको छ । कांग्रेस त्यही बाटोमा जान लागेको हो ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?