तोलामा २ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२२ साउन, सोमबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ ।




Post Comment