अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
११० पटक हेरिएको
Shares
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी

सारांश

  • हजारौंको संख्यामा प्रधानमन्त्री निवासभित्र छिरेका प्रदर्शनकारीहरूले लुटपाट गरेका हुन्।
  • प्रधानमन्त्री निवासबाट प्रदर्शनकारीहरूले फर्निचरलगायतका समान लुटेर लगेका छन्।
  • त्यस्तै प्रदर्शनकारीहरूले गृहमन्त्री निवासमा पनि तोडफोड गरेका छन्।

२१ साउन, काठमाडौँ-राजीनामा गरेर देश छोडेर भागेपछि बंगलादेशको राजधानी ढाकास्थित प्रधानमन्त्री निवासमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन्।

हजारौंको संख्यामा प्रधानमन्त्री निवासभित्र छिरेका प्रदर्शनकारीहरूले लुटपाट गरेका हुन्।प्रधानमन्त्री निवासबाट प्रदर्शनकारीहरूले फर्निचरलगायतका समान लुटेर लगेका छन्। त्यस्तै प्रदर्शनकारीहरूले गृहमन्त्री निवासमा पनि तोडफोड गरेका छन्। उनीहरूले सहरभित्र पनि लुटपाट गरेको बताइएको छ। गृहमन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन्। शेख हसिनाका बुबा मुजिबउर रहमानको शालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पु¥याएका छन्। त्यस्तै रहमानको सम्झनामा निर्माण गरिएको एक संग्रहालयमा पनि आगजानी भएको छ।

बंगलादेशको स्वतन्त्रमा रहमानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सन् १९७५ सम्म बंगलादेशका राष्ट्रपति थिए। राष्ट्रपति पदमा रहेकै बेला उनको हत्या भएको थियो। बंगलादेशको पूर्वी सहर सिलहटमा पनि सरकारी कार्यालयहरूमा आगजनी भएको बताइएको छ। बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार बनाउने तयारी भइरहेको बताएका छन्। अन्तरिम सरकार गठनका लागि तयारी भइरहेको बताउँदै उनले प्रदर्शनकारीहरूलाई शान्ति व्यवस्था कायम गर्न अपिल गरेका छन्।अन्तरिम सरकार गठनका लागि विपक्षी दललगायतसँग छलफल भएको उनको भनाइ छ।

राजीनामा दिएर शेख हसिनाले देश छोडेपछि आन्दोलनरत विद्यार्थीहरूले खुसियाली मनाइ रहेकाका छन्। उनीहरूले तानाशाही शासनको अन्त्य भएको प्रतिक्रिया दिएका छन्। आन्दोलनरत विद्यार्थीहरूले सैनिक शासन नभएर नागरिकको सरकार चाहेको बताएका छन्। स्थिति अनियन्त्रित बन्दै गएपछि सेनाले शेख हसिनालाई राजीनामा गरेर देश छोड्न सुझाव दिएको थियो। समाचार एजेन्सीहरूका अनुसार त्यहाँको सेनाले ४५ मिनेटभित्र देश छोड्न शेख हसिनालाई भनेको थियो। सेनाको यस्तो सुझावलगत्तै शेख हसिना सेनाको जहाजबाट देश छोडेर हिँडेकी थिइन्। उनी सवार भारतको गाजियाबादस्थित हिन्डेन एयरबेसमा अवतरण गरेको थियो। हिन्डेन एयरबेसबाट शेख हसिना लन्डन जानसक्ने बताइएको छ।

सरकारी सेवामा आरक्षणको विरोधमा गत जुलाईदेखि बंगलादेशका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। बंगलादेशको सर्वोच्च अदालतले आरक्षणको व्यवस्थालाई पूर्ण रूपले अन्त्य गरे पनि आन्दोलनरत विद्यार्थीहरू शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनका क्रममा तीन सयबढीको ज्यान गएको छ भने हजारौं प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले दश हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...