गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
१७ साउन, संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा चार दशकदेखि अलपत्र रहेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले अगुवाइ गरेसँगै गति लिएको छ।
![]()
बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ। चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।

बागमती प्रदेश सरकारले बनाइरहेको हेटौंडा-६ स्थित गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुनेछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला निर्माण भइरहेको बागमती प्रदेश खेलकूद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।




Post Comment