Press 4K
सोमबार, ३० चैत्र २०८२

करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ३०, २०८२
|
|
११९ पटक हेरिएको
Shares
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ

सारांश

  • धादिङबाट करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
  • धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २८६ किलो ४०० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।

 

३० चैत,काठमाडौं ।

धादिङबाट करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २८६ किलो ४०० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...