Press 4K
शनिबार, २८ चैत्र २०८२

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र २८, २०८२
|
|
९२ पटक हेरिएको
Shares
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

सारांश

  • काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता र पुनः स्थापनाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अधिकारीसँग संयुक्त छलफल गरेको छ ।
  • सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुव्र्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले सडकमा, सडक किनारामा सहयोग माग्ने गरिरहेका भेटिन्छन् ।
  • दृष्टिविहीन व्यक्तिहरू आकाशे पुल, पार्क तथा विभिन्न चोकहरूमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन् ।

 

२८ चैत,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता र पुनः स्थापनाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अधिकारीसँग संयुक्त छलफल गरेको छ ।

सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुव्र्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले सडकमा, सडक किनारामा सहयोग माग्ने गरिरहेका भेटिन्छन् । दृष्टिविहीन व्यक्तिहरू आकाशे पुल, पार्क तथा विभिन्न चोकहरूमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन् । उनीहरूलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनः स्थापना र रोजगार क्षेत्रमा आबद्ध गराउने छलफलको मुख्य विषय थियो ।

‘मानवीयताका सर्त तथा दायित्वहरू पूर्ण पालना गरेर हामीले काठमाडौँलाई सडक मानवमुक्त सहर बनाउन खोजेका हौँ,’ छलफलमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘जसको कोही हुनुहुन्न । जसको कोही हुनुहुन्न । उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको दायित्व हो । उहाँहरूको जिम्मेवारी हामी लिन्छौँ । तर, काम गर्ने क्षमता हुँदाहुँदै माग्न थाल्नु, घर परिवार हुँदा हुँदै बेसहारा जस्तो बनेर सडकमा आउने क्रम रोक्नु पर्छ । रोकिनु पर्छ । यसका लागि हामीले काम गर्ने हो ।’ सडक आश्रित मानव व्यवस्थापन गर्दा मानव अधिकारमैत्री र सहभागितामूलक उद्धार तथा व्यवस्थापन गर्ने, एकीकृत रूपमा उद्धार गरेपछि आवश्यकताका आधारमा अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दुव्र्यसन जस्ता अवस्थाका आधारमा व्यक्तिहरूको वर्गीकरण गरेर मानवोचित व्यवस्थापन गरिने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।‘अल्पकालीन आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण उद्धारका क्रममा अवलम्बन गरिने प्रक्रिया हुन,’’ उनले भनिन्, ‘उद्धार गरिएका व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान सकिएपछि पारिवारिक तथा सामाजिक पुनः स्थापना, रोजगार तथा स्वरोजगारका लागि सिप विकास तालिम सञ्चालन, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋण जस्ता कामका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने र त्यसका आधारमा सहकार्य, समन्वय र सहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिनेछन् ।

परिवार र समाजबाट बहिष्करणमा परेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पहिचान भएका व्यक्तिहरू सडकमा आश्रित हुनु परेको छलफलमा सहभागीले काम गर्दाको अनुभव सुनाइन् । पेसा र रोजगार क्षेत्रमा जाँदा पहिचान, सामाजिक सुरक्षा, मर्यादा र आत्मसम्मानमा स्वीकार नगरिएका कारण सडकमा माग्नु परेको अवस्था सहभागीहरूले सुनाइन् । दृष्टिविहीन व्यक्तिहरू सडक, सार्वजनिक यातायात र बजार क्षेत्रमा गीत गाउनु पर्ने अवस्थाका विषयमा छलफल गर्दै दृष्टिविहिनहरुका लागि रोजगार स्वरोजगारको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइएको थियो । सडकमा आश्रित युवाहरूमा लागू औषधको दुव्र्यसन रहेकोले उनीहरूलाई परिवारमा पुनर्मिलन गराउनु अघि सुधार केन्द्र तथा पुनः स्थापना केन्द्रमा राखेर आचरण तथा व्यवहार सुधारमा काम गर्नु पर्ने खाँचो देखाइएको छ । छलफलमा अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुसँग सहकार्य गर्ने, पुनः स्थापना र सशक्तीकरणका कार्यक्रममा संयुक्त मोडेल बनाउने विषय उठान भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...