Press 4K
आइतबार, २२ चैत्र २०८२, १२ : ४१ : ५२

आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

सारांश

  •   १३ चैत,काठमाडौं ।
  • चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
  • यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

 

१३ चैत,काठमाडौं ।

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णुको सातौँ अवतार मानिन्छ ।

पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ । वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गरेका थिए । रामनवमी पर्वले मर्यादित, अनुशासित र उत्तरदायी शासनको आदर्श प्रस्तुत गर्ने विश्वास छ । धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ । ‘व्रतार्क’ तथा अगस्त्य संहितामा यस दिन व्रत उपवास बस्दा पाप नाश भई वैकुण्ठ प्राप्त हुने उल्लेख गरिएको छ ।

यस अवसरमा जनकपुर स्थित रामजानकी मन्दिर तथा भारतको अयोध्यामा विशेष मेला लाग्ने गर्दछ । हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यी स्थानमा रामलीला प्रदर्शन, भजनकीर्तन तथा पूजा आराधना गरिन्छ । रामनवमीका दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी रामगीता, अध्यात्म, वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय रामायण वाचन गर्ने परम्परा रहिआएको छ । असत्यमाथि सत्यको विजय तथा मर्यादा पुरुषोत्तम रामको स्मरणमा मनाइने यस पर्वले मानव समाजलाई सत्य, धर्म र कर्तव्यनिष्ठताको मार्गमा अग्रसर गराउने सन्देश दिने विश्वास गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...