लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र ७, २०८२
|
|
३ पटक हेरिएको
Shares
लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

सारांश

  •   ७ चैत,जनकपुर ।
  • प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ ।
  • जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।

 

७ चैत,जनकपुर ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।

मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल भने अझै सुरु हुन सकेको छैन । दुबै टिमका खेलाडिहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन् । तर मौसम विभागको प्रक्षेपन हेर्दा बेलुकासम्म वर्षा रुक्ने सम्भावना कम देखिएको छ ।

क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै बसिरहेका छन् । वर्षा नरोकिए दुबै टिमले एक एक अंक प्राप्त गर्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?