अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २, २०८२
|
|
३ पटक हेरिएको
Shares
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

सारांश

  •   २ चैत,काठमाडौं ।
  • नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
  • आइतबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

 

२ चैत,काठमाडौं ।

नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आइतबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो ।तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो क्रममा कार्यालय परिसरमा मागहरू समेटिएको प्रेस विज्ञप्ति समेत टाँसिएको छ । विज्ञप्तिमा महासंघका वर्तमान अध्यक्षबाट विधानविपरीत गतिविधि, संस्थागत प्रक्रिया बेवास्ता र एकलौटी निर्णय हुँदै आएको आरोप लगाइएको छ । आसन्न १०औँ राष्ट्रिय अधिवेशनलाई प्रभावित पार्ने गरी विभिन्न निर्णय गरिएको तथा महासंघलाई संस्थागत र लोकतान्त्रिक मूल्यअनुसार सञ्चालन नगरी निजी कम्पनीझैँ चलाइएको दाबी गरिएको छ ।

पदाधिकारीहरूले कार्यसम्पादन समितिको बैठक आवश्यक प्रक्रिया र पर्याप्त सूचना बिना बोलाइएको, भर्चुअल बैठकमा सहभागी नभएका वा ‘डिस्कनेक्ट’ भएका सदस्यलाई समेत गणना गरी निर्णय गरिएको तथा महासचिवको अधिकार कटौती गर्ने निर्णय गरिएको आरोप लगाएका छन् । त्यसैगरी चार प्रदेश महासंघको सुझाव बेवास्ता गर्दै एकलौटी रूपमा बुटवललाई अधिवेशन स्थल तोकिएको पनि जनाइएको छ । व ज्ञप्तिअनुसार सदस्य संस्थाहरूको नवीकरण प्रक्रिया समयअघि नै बन्द गरिएको, १०० भन्दा बढी संस्थालाई नवीकरणबाट वञ्चित गरिएको तथा आफूअनुकूल संस्थाहरूलाई मात्र समेटेर अधिवेशन गर्ने तयारी गरिएको आरोप छ । निर्धारित समयमा निर्वाचन समिति गठन नगरिएको र निर्वाचन प्रक्रियामा हस्तक्षेप गरिएको भन्दै पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेश महासंघको बैंक खाता रोक्का गरिएको, संस्थाको निर्णय पुस्तिका अध्यक्षले आफैं नियन्त्रणमा राखेको तथा संस्थागत स्रोत–साधनको दुरुपयोग भएको विषय पनि उठाइएको छ ।

अध्यक्षले पटक–पटक अधिवेशन सार्दै आएको र संस्थाको साझा चरित्रअनुसार काम नगर्दा महासंघको संस्थागत अवस्था कमजोर हुँदै गएको आरोप पनि लगाइएको छ । महासंघभित्र देखिएको विवाद र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय, समाज कल्याण परिषद् तथा जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरूमा यसअघि नै उजुरी तथा ध्यानाकर्षण गराइएको पनि पदाधिकारीहरूले बताएका छन् । तालाबन्दी कार्यक्रममा बोल्दै उपाध्यक्ष अनिता घिमिरेले संस्थालाई कुनै व्यक्तिको नियन्त्रणमा राखेर सञ्चालन गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताइन् । उनले सबै सदस्य संस्थाको नवीकरण सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी ढंगले अधिवेशन गराउनुपर्ने माग राखिन् ।त्यसैगरी महासचिव सुगम पोखरेलले विधानविपरीत गतिविधि रोक्न आन्दोलन थप सशक्त बनाइने संकेत गर्दै आवश्यक परे सातै प्रदेशका महासंघ कार्यालयहरूमा समेत तालाबन्दी गर्न सकिने बताएका छन् । दाधिकारीहरूले अध्यक्षको तत्काल राजीनामा, विधानविपरीत निर्णय खारेज तथा सबै सदस्य संस्थाको सहभागितासहित निष्पक्ष निर्वाचन सु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र
यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता