सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ ।
- भने चाँदीको मूल्य बढेकाे छ ।
काठमाडौं ।
नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ । भने चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया