सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
२ पटक हेरिएको
Shares
सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

सारांश

  • १ फागुन, सर्लाही ।
  • सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।
  • बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

१ फागुन, सर्लाही ।

सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णयअनुसार मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको हो।

कालीध्वज गणनवलपुर पाँचकुमारीका गणपति उमेश खड्काले मलंगवा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो