कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

Raju Yadav Raju Yadav
|
शनिबार, पौष २६, २०८२
|
|
३ पटक हेरिएको
Shares
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

सारांश

  •   काठमाडौं ।
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
  • शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुन्थ्यो । नेपालको प्रजातन्त्र आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका स्वर्गीय दाहाल वि.सं. २०५६ को निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सदस्यमा निर्वाचित हुनु भएको थियो । दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।’ ८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ओखलढुंगा जिल्लाका रामपुरमा जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता तथा पूर्व कृषिमन्त्री पनि थिए । उनको योगदान नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा अविस्मरणीय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी