वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव

Raju Yadav Raju Yadav
|
बुधबार, पौष ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव

सारांश

  • ९ पुष, काठमाडौं ‌।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेबाट २१ गतेमा सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
  • कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले २१ गते वडा अधिवेशन, २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरी पुष २६ मै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

९ पुष, काठमाडौं ‌।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेबाट २१ गतेमा सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले २१ गते वडा अधिवेशन, २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरी पुष २६ मै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । “अहिलेसम्म महाधिवेशनका लागि हुनुपर्ने कामहरू गरिएका छैनन् ।पार्टीको विधान संशोधनका लागि मस्यौदा संशोधन समितिसमेत गठन भएको छैन,” थापाले भने, “हामी नेतृत्व परिवर्तन नगरी चुनावमा जान सक्दैनौँ ।

अब हाम्रो महाधिवेशन हाम्रो मात्रै होइन आम नागरिकको सरोकारको विषय बनिसकेको छ । त्यसकारण तीन तहका महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ ।” उनले विगतमा पनि थुप्रै जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन भएको भन्दै अहिले पनि पालिका अधिवेशन, प्रदेशसभा, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र सात प्रदेशको अधिवेशन निर्वाचनभन्दा पछि गर्न सकिने बताए । आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने उनको भनाइ छ । “तीन तहको महाधिवेशन गरेर नेतृत्व परिवर्तनसहित निर्वाचनमा जान सहमत भए मैले विकल्प प्रस्ताव गरेको छु,” थापाले भने, “नत्र विशेष महाधिवेशनको प्रस्ताव विधानतः दर्ता छ । विशेष महाधिवेशन कसैले रोक्न सक्दैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस