एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै
सारांश
- २ पुस, काठमाडौं ।
- नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
- निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो ।
२ पुस, काठमाडौं ।
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो । मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया