कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस

सारांश

  •   २८ मंसिर, सुर्खेत ।
  • नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ ।
  • प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।

 

२८ मंसिर, सुर्खेत ।

नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ । प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।

मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो । काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदीलाई सिफारिस गरेको हो । त्यस्तै प्रतिनिधी सभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्धय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बि.कलाई सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि बिष्णुबहादुर शाही र दानबहादुर वमलाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ