मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
सारांश
- १७ मंसिर, जनकपुर ।
- मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।
- प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।
१७ मंसिर, जनकपुर ।
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।



प्रतिक्रिया