देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण हो: कुलमान घिसिङ

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर १७, २०८२
|
|
३ पटक हेरिएको
Shares
देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण हो: कुलमान घिसिङ

सारांश

  •   १७ मंसिर, काठमाडौं ।
  • उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् ।
  • २००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।

१७ मंसिर, काठमाडौं ।

उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् । २००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए । ‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्‍यौं । राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो ।

तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने, ‘राजनीतिमा ठूलठूलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल हुँदै आए । परिणाममुखी राजनीतिक कसैले गरेनन् ।’ उनले २००७ आसपासको समयमा नेपालसँगै भारत र चीनमा राजनीतिक परिवर्तन भएको बताउँदै ७५ वर्षमा उनीहरूले निकै ठूलो आर्थिक विकास गरेको चर्चा गरे । ‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो । भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए । ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ