एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध

सारांश

  • १३ मंसिर, काठमाडौ ।
  • नेकपा एमाले इलामबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
  • दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् ।

१३ मंसिर, काठमाडौ ।

नेकपा एमाले इलामबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवा तर्फ टीका पौडेल निरोज चयन भएका छन् । महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् ।

खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् । विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङ सहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?