कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

सारांश

  • १२ मंसिर, धनगढी ।
  • कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
  • धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् ।

१२ मंसिर, धनगढी ।

कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् । बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यस्तै, गोदावरी नगरपालिका–२ को अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका बझाङको जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय बिशाल सिंह र सोही ठाउँका २० वर्षीय घर्मेन्द्र सुनारलाई पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?