संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ । यस्तै उनीहरु सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि पनि महाभियोग लगाएर सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन् ।
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
सारांश
- १ मंसिर, काठमाडौँ ।
- असंवैधानिक प्रक्रिया बाट भएको सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका मधेस प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् ।
- नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।
१ मंसिर, काठमाडौँ ।
असंवैधानिक प्रक्रिया बाट भएको सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका मधेस प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया