बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता

Raju Yadav Raju Yadav
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
३ पटक हेरिएको
Shares
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता

सारांश

  • २८ कात्तिक, काठमाडौं ।
  • बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।
  • २४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।

२८ कात्तिक, काठमाडौं ।

बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ । २४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ । अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा पुन: नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ । एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् ।

तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् । पार्टीअनुसारको सिट हेर्दा जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् । त्यसैले ठूलो दल बन्ने दौडमा बीजेपी र जेडीयूबीच नै मुख्य प्रतिस्पर्धी देखिन्छन् । बहुमतको सरकार बनाउन १२२ सिट भए पुग्छ । अघिल्लो चुनावमा बीजेपी र राष्ट्रिय जनता दल (राजद) बीच मुख्य प्रतिस्पर्धा भएको थियो । राजद ७४ सीटसहित एक सीट अन्तरले सबैभन्दा ठूलो दल बन्दा भाजपा दोस्रो भएको थियो । बिहारमा यसपटकको निर्वाचनमा रेकर्ड ६७ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक