राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
सारांश
- २६ कात्तिक, काठमाडौं।
- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ।
- निर्वाचन आगामी माघ ११ गते हुँदैछ।
२६ कात्तिक, काठमाडौं।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ। निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ। प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया