बिरगञ्जको एक होटलमा बुवा छोरा मृ*त फेला

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
बिरगञ्जको एक होटलमा बुवा छोरा मृ*त फेला

सारांश

  • २२ असोज, पर्सा ।
  • पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।

२२ असोज, पर्सा ।

पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।

असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा बुवा छोरा दुबै जना मृत अवस्थामा देखेको बताईएको छ। त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुगेको डीएसपी लम्सालले बताए।

उनका अनुसार भेन्टिलेटरबाट हेर्दा पिता सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको थियो। राति ढोका नफोडी प्रहरीको उपस्थितिमा बुधबार बिहान शव निकाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाबारे वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छ। घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ
क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
राजावादीका लागि सर्वाधिक अनुकूल समय आयो : कमल थापा
राजावादीका लागि सर्वाधिक अनुकूल समय आयो : कमल थापा