सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३ पटक हेरिएको
Shares
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

सारांश

  • १९ असोज, विराटनगर ।
  • निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ ।
  • शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् ।

१९ असोज, विराटनगर ।

निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीले  यातायातका साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै झापा गाउँपालिका–२ सुगाबथान भन्ने स्थानमा बाढी पस्दा ५६ परिवार विस्थापित भएका छन् । माई खोलामा आएको बाढी शिवसत्ताक्षी नगरपालिका ४, ५, ६ र ७ नम्बर वडाका करिब ३५० घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?