पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ

सारांश

  • ८ असोज, कैलाली ।
  •   कैलालीको गौरीगंगा नगरपालिकाबाट २ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन्।
  • सोही ठाउँका १९ वर्षका समीर खड्का र १९ वर्षका आभाष चन्दलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

८ असोज, कैलाली । 

कैलालीको गौरीगंगा नगरपालिकाबाट २ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन्। सोही ठाउँका १९ वर्षका समीर खड्का र १९ वर्षका आभाष चन्दलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समीरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थानसहित पक्राउ गरेको हो।

यस्तै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ। गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय रामबहादुर राना मगरलाई एकनाले भरूवा बन्दुक २ थान, बारूद जस्तो देखिने पदार्थ र फलामको गज ४ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?