२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

सारांश

  • ६ असोज, काठमाडौं ।
  • दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ ।
  • २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

६ असोज, काठमाडौं ।

दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ । गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा अवस्था सामान्य छ । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरोले ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरुको चाप भने सडकमा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलिसकेकाले अब विस्तारै सामान्य हुँदै जाने ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?