कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ

सारांश

  • ३१ भदौ, काठमाडौं ।
  • जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ पक्राउ परेका छन्।
  •   यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए।

३१ भदौ, काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ पक्राउ परेका छन्।  यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए।

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन्। सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए। कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ। उनी भारतीय नागरिक भएको बताइएको छ।  सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ। अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मंलबार कस्तो छ विदेशी मुद्राको विनिमयदर?
मंलबार कस्तो छ विदेशी मुद्राको विनिमयदर?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
पूर्वमन्त्री प्रदीप नेपालको निध*न
पूर्वमन्त्री प्रदीप नेपालको निध*न