प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
सारांश
- २४ भदौ, काठमाडौं ।
- नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।
- जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
२४ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् । बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया