सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू

Raju Yadav Raju Yadav
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२ पटक हेरिएको
Shares
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू

सारांश

  • २० भदौ, काठमाडौं ।
  •   सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् ।
  • वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो ।

२० भदौ, काठमाडौं । 

सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् । वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?