विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव

सारांश

  • १३ भदौ, काठमाडौँ ।
  • विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई छुट्टाछुट्टै भेट गरी लिखित सुझाव पेस गरेका छन्।
  • शिक्षा मन्त्रालयमा भएको भेटमा नेसनल प्याब्सनका पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष र संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको औंल्याउँदै संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

१३ भदौ, काठमाडौँ ।

विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई छुट्टाछुट्टै भेट गरी लिखित सुझाव पेस गरेका छन्। शिक्षा मन्त्रालयमा भएको भेटमा नेसनल प्याब्सनका पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष र संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको औंल्याउँदै संशोधन गर्नुपर्ने माग गरेका हुन् । पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रावधानले शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने, मध्यम आय भएका परिवारका बालबालिकाले विद्यालय छाड्नुपर्ने अवस्था सिर्जना हुन सक्नेभन्दै यसलाई पुनर्विचार गर्नुपर्ने धारणा प्रस्तुत गरिएको थियो।

त्यस्तै, पूर्व–प्राथमिक तहलाई दुई वर्षमा सीमित गर्ने व्यवस्था व्यवहारिक नभएकाले अन्तर्राष्ट्रिय मान्यताअनुसार तीन वर्ष कायम गर्नुपर्नेमा नेसनल प्याब्सनले जोड दिएको छ । सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रस्ताव व्यवहारिक नदेखिएको भन्दै यसलाई ऐच्छिक बनाउनुपर्ने माग गरिएको छ । कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई निरन्तरता दिनुपर्ने, तहगत अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तलब–भत्तामा हाल कायम ६०र४० को प्रणाली निरन्तरता दिनुपर्ने, छात्रवृत्ति वितरण गर्दा शुल्कमा प्रत्यक्ष असर नपर्ने व्यवस्था गर्नुपर्ने लगायतका विषयमा पनि नेसनल प्याब्सनले सुझाव प्रस्तुत गरेको छ ।

साथै, सूचना प्रविधि, कम्प्युटर साइन्स र कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको थियो । यसैबिच, सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा छलफल गर्न नेसनल प्याब्सनका पदाधिकारीहरूले श्रम मन्त्री भण्डारीलाई भेटी लिखित सुझाव पेस गरेका छन् । भेटमा मन्त्री भण्डारीले रोजगारीको प्रकृति र क्षेत्रअनुसार सहज हुने गरी सामाजिक सुरक्षा कोषलाई लचिलो बनाउन प्रयास गरिने बताउँदै हालको ३१ प्रतिशत योगदान दरलाई घटाउनेतर्फ सरकार अग्रसर हुने प्रतिबद्धता जनाए। उनले शिक्षा क्षेत्रमा शुल्कमा प्रत्यक्ष प्रभाव नपर्ने गरी आगामी शिक्षा विधेयकमा आवश्यक संशोधन गरिने आश्वासन दिए ।

साथै, कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका विद्यालयलाई गैर–नाफामूलक भन्न नसकिने र यो सरकारको राजस्व नीतिसँग जोडिएको विषय भएकाले गहिरो रूपमा अध्ययन भइरहेको स्पष्ट पारे । नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा मान्यता दिनुपर्ने, आफूहरू विद्यालय बन्द–हड्तालको पक्षमा नरहेको र लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता र समग्र शिक्षा क्षेत्रकै लागि ऐतिहासिक कोसेढुङ्गा सावित होस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।

उक्त भेटमा नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, पूर्व अध्यक्ष ऋतुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई र महासचिव प्रताप बहादुर थापाको सहभागी रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी