रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
सारांश
- ११ भदौ, काठमाडौं ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
- बुधबार न्यायाधीश सागर विष्टको इजलासले प्रतिवेदन मागेको हो।
११ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश सागर विष्टको इजलासले प्रतिवेदन मागेको हो। लामिछानेले बिगो बुझाएर रिहा गरियोस् भनी निवेदन दिएका थिए। यसअघि रुपन्देही जिल्ला अदालतले मागअनुसार आदेश नदिएपछि उनी उच्च अदालत गएका थिए। अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने अदालतले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया