प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे

सारांश

  • ६ भदौ, काठमाडौँ ।
  • नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, सङ्घीय सांसदको सङ्ख्या बढी भएको बताएका छन् ।
  • काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशहरूको सङ्ख्या, पालिकाको सङ्ख्या र सङ्घीय सांसदहरूको सङ्ख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताए ।

६ भदौ, काठमाडौँ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, सङ्घीय सांसदको सङ्ख्या बढी भएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशहरूको सङ्ख्या, पालिकाको सङ्ख्या र सङ्घीय सांसदहरूको सङ्ख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताए ।   संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा चिन्ता लिन नपर्ने उनको भनाइ छ । उनले वर्तमान सरकारले संविधान संशोधनको एजेन्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको तर कठिन विषय रहेको पनि बताए ।

एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्ने कुरा पनि तय गर्न नसकिएको उनको भनाइ छ । राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ने तर अर्थ नराख्ने स्पष्ट पारे । राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरू धान्न कठिन भएको उनले बताए ।  प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताए । संविधान निर्माण गर्ने बेलामा हौसिएका कारण कतिपय प्रावधान कार्यान्वयनमा ल्याउन व्यवहारिक कठिनाइ भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?