आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

सारांश

  • ३१ साउन, काठमाडौं ।
  •   ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।
  • ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

३१ साउन, काठमाडौं । 

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ ।    उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना
कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
महेश बस्नेतले मागे प्रधानमन्त्रीको राजीनामा
महेश बस्नेतले मागे प्रधानमन्त्रीको राजीनामा
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने