आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सारांश

  • ३० साउन, काठमाडौँ ।
  • सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

३० साउन, काठमाडौँ ।

सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना छ।

आजकै दिन पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ। उद्योग, वाणिज्य तथा श्रम समिति बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धी विषय विज्ञको प्रस्तुतिपछि छलफल हुनेछ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको तयारीबारे समीक्षा गर्नेछ। सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमतासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?