सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सारांश
- २३ साउन, काठमाडौं ।
- सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु हुने १० मन्त्रालयलाई आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योटमा लाग्न निर्देशन दिएको छ ।
- शुक्रबार मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिन बेरुजु फर्छ्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्नसमेत भनेको छ ।
२३ साउन, काठमाडौं ।
सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु हुने १० मन्त्रालयलाई आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योटमा लाग्न निर्देशन दिएको छ । शुक्रबार मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिन बेरुजु फर्छ्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्नसमेत भनेको छ । प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरूलाई गम्भीर बनाउनसमेत मन्त्रालयलाई भनेको छ ।
विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठाउँदा विगत दुई आर्थिक वर्षमा कर्मचारीले गरेको कार्यसम्पादनको अवस्था हेर्नसमेत भनेको छ । ती कर्मचारीको अबको प्रतिबद्धता के हो ? उनीहरूसँग माग्नुपर्ने समिति सभापति ऋषिकेश पोखरेलले बताए । ‘विगत २ वर्षमा लेखा कर्मचारीले जहाँ-जहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो ? त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपर्यो ।
अबको प्रतिबद्धता के हो त्यो पनि मागौँ,’ समिति सभापति पोखरेलले भने, ‘त्योसहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समयभित्र प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाउनु पर्यो ।’ कुनै लेखा अधिकारीहरू निश्चित विभाग र मन्त्रालयमा दौडिने गरेको बताउँदै पोखरेलले ती अधिकारीले गरेको काम कारबाहीको हिसाब राख्न जरुरी रहेको बताए ।




प्रतिक्रिया